समाचार

स्वरुप परिवर्तन (Modified) गरिएका १४९ वटा सवारी साधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्की मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी
कार्यालय कास्की समेतको संयुक्त प्रयासमा विगत लामो समयदेखि स्वरूप परिवर्तन
(Modified) गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरू
नियन्त्रणमा लिई कारवाही गर्दै आईरहेको छ।

मिति २०८०।०६।२१ गते देखि अभियानकै रुपमा कार्यक्रम संचालन गरी स्वरूप परिवर्तन गरिएका २२ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरिएको थियो । त्यसैगरी मिति २०८०।११।१७ गते देखि २० गतेसम्म पुनः त्यस्ता ५९ थान मोटरसाइकलहरू
नियन्त्रणमा लिई कारवाही गरिएको थियो । पटके कारबाहीमा परेकाहरूलाई यातायात व्यवस्था कार्यालयमा समेत पठाउने गरियको छ ।यसै क्रममा हाल मिति २०८१ साल श्रावण ३० गते देखि भदौ २ गतेसम्म १४९ थानमोटरसाइकल नियन्त्रणमा लिई कारवाही प्रक्रियामा रहेको छ ।यसमा पहिलो पटके देखि चौथो पटकेसम्म पक्राउ परेका छन् । यसवाट करिव रु.२२,००,०००।– (वाइस लाख)राजस्व उठ्ने अनुमान गरियको छ।अभियान संचालन गरेदेखि हालसम्म स्वरूप परिवर्तन गर्ने, ध्वनी प्रदुषण गर्ने जम्मा २०३५ थान मोटरसाइकललाई कारवाही गरी रू.२९,००,८००।- जरिवाना गरी सकिएको छ ।

सोही समयमा स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसप संचालकहरूलाई समेत पक्राउ गरीस्वरुप परिवर्तन नगर्ने शर्तमा छाडिएको र सचेतनामुलक कार्यक्रम गरी स्टिकर समेत टाँसगरिएको छ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस