पोखरा महानगरले कर्मचारी सरुवा विवादलाई लियर ध्यानाकर्षण पत्र जारि गरेको छ। पोखरा महानगरको कर्मचारी सरुवा प्रकरण यति बेला सामाजिक संजालमा बिबादित बनेको छ। सामाजिक संजालमा यस बिषयमा महानगरप्रती लछित गरि बिभिन्न समाचार टिका टिप्पणी आउन थालेपछि महानगरले ध्यानाकर्षण पत्र जारि गरेको हो। महानगरले कुनै एक कर्मचारीलाई लछित नभई आर्थिक बर्ष २०८१ /८२ को पहिलो चरणमा आफ्नो ४२ कर्मचारी सरुवा गरेको प्रस्टीकरण दियको छ।
नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार तथा टीकाटिप्पणीहरू प्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको महानगरका प्रबक्ता मोतिलाल तिमिल्सिनाले बतायका छन्। कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिकाले खण्डन गरेको छ।
कार्यालयले गरेको सरुवाको वास्तविकतालाई रिदयङ्गम् गरी इन्टरनेटमा अपलोड गरिएका सामाग्रीहरूको भ्युज बढाउने मनसायले गरिएका यस प्रकारका भ्रामक प्रचार तथा टीकाटिप्पणीहरूको पछाडि नलाग्न पोखरा महानगरपालिकाले सबैलाई पत्र मार्फत अनुरोध गरेको छ।