७ भदौ , पोखरा।
बिहीबार दिउसो देखि हरायका बालक फेवातालमा मृत फेलापरेका छन्। पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं. २ थापाठाना घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ अन्नपुर्ण टोल बस्ने सुर्य बहादुर क्षेत्रीको १३ बर्षिय छोरा प्रस्ताव क्षेत्रीको फेवातालमा डुबेर मृत्यु भयको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दियको छ।हरायको बालकको खोजतलास गर्ने क्रममा ड्यामसाईड स्थित फेवातालमा हाम फालेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट र शसस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर मालेपाटनबाट समेत संयुक्त खटियको रेस्क्यु टोलीले शुक्रबार अपरान्ह ४ :३० बजे बालकलाई डुबेको अवस्थामा फेला पारेको थियो। तत्काल उद्वार गरि पश्चिम क्षेत्रिय अस्पताल पोखरा पुराउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।