स्वास्थ्य

सशस्त्र प्रहरीको अगुवाईमा बृहत डेंगु नियन्त्रण अभियान सुरुवात

७ भदौ ,पोखरा।

पोखरा महानगरपालिकाको वडा नं.८ र ५ मा डेंगुले महामारीको रुप लिने अवस्था आएपछी मालेपाटन स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर्स् कास्कीको अगुवाईमा बृहत डेंगु नियन्त्रण अभियान सुरुवात भयको छ।

स्वास्थ्य कार्यालय कास्की, नेपाल रेडक्रस सोसाईटी कास्की शाखा, वडा नं. ५ र ८ का वडा अध्यक्षहरु, विभिन्न मानव अधिकार एवं नागरिक अभियान्ताहरु लगायत स्थानिय समुदायहरुको सहभागीतामा बिहान ७ बजे देखी १० बजे सम्म दुवै वडाहरुका संवेदनशिल स्थानहरुमा डेंगु खोज्ने र नष्ट गर्ने कार्य गरिएको कालिका गणका गणपति (एसपी) अरुण कुमार शर्माले जानकारी दिए ।जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीका अनुसार भाद्र ५ गते सम्मकास्कीमा कुल ९७९ जनामा डेंगु संक्रमण देखिएको जसमा २ जनाको मृत्यू समेत भईसकेको छ। सवै भन्दा धेरै संक्रमित भएको वडामा क्रमश: पोखरा महानगरपालिका वडा नं. ८ मा १५७ जना, वडा नं. ५ मा ८६ जना, वडा नं. ७ मा ३७ जना र वडा नं. १७ मा ३५ जना भएकाले अवस्था गम्भिर हुने तर्फ उन्मुख भएकाले सशस्त्र प्रहरी बलको कालिका गणलाई अगुवाई गर्न अनुरोध गरिएको समेत नेपालीले बताए।


पोखरा महागरपालिका भित्र कोर एरियाका रुपमा रहेका वडा नं. ८ र ५ मा वर्कशप, ग्यारेज,कवाडी डिपो र जनसंख्या समेत धेरै भएको कारणले अन्य वडाहरुको तुलनामा डेंगु वढी फैलिएको जिकिर दुवै वडाका वडा अध्यक्षहरुको रहेको छ। कास्की जिल्लाको वडाहरु मध्ये सवै भन्दा संक्रमित पोखरा महानगरको वडा नं. ८ र ५ रहेको, कालिका गण समेत सोही ईलाकामा रहेकोले तथा सरोकारवाला पक्षहरुले अगुवाई लिन अनुरोध गरेकाले कालिका गण वृहतरुपमा परिचालन भएको जानकारी गणपति(एसपी) अरुण कुमार शर्माले जानकारी दिय । डेंगु खोज्ने तथा नष्ट गर्ने विहानको अभियानमा वडा नं.८ मा ५० जना र वडा नं. ५ मा ७० जना गरि कुल १२० जना सशस्त्र प्रहरी परिचालित भएका र करिब सोही संख्यामा स्थानिय समुदायबाट तथा अन्य सरोकारवाला निकायहरुबाट सहभागीता भएको समेत
गणपति (एसपी) शर्माले जानकारी दिय।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

स्वास्थ्य

बाँकेमा झाडापखालाबाट ४ जनाको मृत्यु

१८ भदौ, बाँके । बाँकेको नरैनापुरमा झाडापखालाका कारण ४ जनाको मृत्यु भएको छ ।नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको
स्वास्थ्य

झापामा पुजाको प्रसाद खादा गाउँ नै बिरामी

झापा ,२७ भदौ । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ ।अर्जुनधारा नगरपालिका-९ को खरबन्दी