राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु

८ भदौ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गरेको छ । पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य विभाग, उत्पादन प्रवद्र्धन विभाग, कृषि विभाग र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा रास्वपाले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै अभियान सुरु गरेको हो।

यो अभियानका क्रममा नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्दै स्टल प्रदर्शनीसहित विभिन्न विषयमा नीति मन्थन गर्ने रास्वपाले जनाएको छ ।अभियानका क्रममा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रका उत्पान देखि नेपालमा बनेका सामाग्रि, जुत्ता, कपडा, हस्तकलाका उत्पादन सम्म प्रदर्शनीमा राखिने भएका छन् । प्रदर्शनमा ३० थरी उत्पादन राखेनेछ ।

पार्टीले प्रदेश तहमा समेत ‘आत्मनिर्भर नेपाल अभियान’ संचालन गर्ने कार्यतालिका बनाएको छ । नेपाली उत्पादनहरुले बजार नपाएको गुनासोलाई यसले प्रत्यक्ष सम्बोधन गर्ने रास्वपाको विश्वास छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

राजनीति समाचार

रास्वपाको उपस्थितिलाई नजरअन्दाज नगर्न लामिछानेको चेतावनी

[ad_1] ३० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय सम्बन्धी कानुनको सही कार्यान्वयनका लागि खबरदारी
अन्तरवार्ता भिडियो राजनीति समाचार

उपप्रधानमन्त्री सिंहले काठमाडौंका नदीमा बहाब बढाउन विज्ञसँग गरे छलफल

[ad_1] २९ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती लगायत नदीमा पानीको बहाब वृद्धि