अर्थतन्त्र

पोखरामा ‘रैथाने बजार’ संचालनमा ,स्थानीय रूपमा उत्पादित तरकारी तथा खाद्यवस्तु बिक्री गरिने

९ भदौ ,पोखरा।

स्थानीय रूपमा उत्पादित तरकारी तथा खाद्यवस्तु बिक्रीका लागि पोखराको चिप्लेढुङ्गामा ‘रैथाने बजार’ संचालनमा ल्याइयको छ ।पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारमा सञ्चालित उक्त रैथाने बजारको शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् ।कास्की तथा वरपरका जिल्लामा उत्पादित रैथाने बाली एवं अर्गानिक वस्तु सुपथ मूल्यमा उक्त स्थानबाट बिक्री गरिने छ। स्थानीयस्तरमा उत्पादित कृषि उपज बिक्रीका लागि हाल आठवटा सटर छुट्याइएको छ ।

रैथाने बाली लोप हुने अवस्थामा रहेकाले यसको प्रवर्द्धनका साथै यस्ता बाली उत्पादनतर्फ किसानलाई आकर्षण गर्न बिक्री केन्द्र स्थापना गरिएको नगरप्रमुख आचार्यले बताए । “पोखरा तथा कास्कीका गाउँपालिकामा उत्पादित रैथाने बालीलाई ‘ब्राण्डिङ’ गरी विदेशसम्म बजारीकरण गर्नसक्यौँ भने अर्थतन्त्रमा पनि सुधार आउने छ”, प्रमुख आचार्यले भने । युवालाई विदेश पलायनबाट रोक्न कृषिमा अनुदान दिने योजनामा नगर रहेको भन्दै यसले युवालाई कृषिकर्मतर्फ आकर्षण गर्ने उनले बताए ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले आफ्नो स्वास्थ्यप्रति ख्याल राख्ने मानिसले महँगो मूल्य तिरेर भए पनि रैथाने र अर्गानिक खाद्यवस्तु खोज्ने हुँदा यस्ता बजार सबैलाई आवश्यक पर्ने बताए ।विषादीयुक्त तरकारी तथा फलफूल खाँदा मानिसलाई विभिन्न रोग लाग्ने भएकाले अग्र्यानिक तरकारी उपभोग गर्न उनले उपभोक्तालाई आग्रह गरे ।

पोखरा-८ का अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, हस्तकला संघका उपाध्यक्ष सीता गुरुङलगायतले रैथाने बालीको महत्वका बारेमा प्रकाश पारेका थिए ।

रैथाने बजारमा कास्कीको रुपा गाउँपालिकाको ढोडबेँसी र मालेपाटनमा उत्पादित उखुको खुदो र कास्कीका फाँटमा उत्पादित जेढो बुढोको चामल ब्राण्डिङ गरेर बिक्री सुरु गरिएको छ ।यस्तै अनदीको चामल, मह, मकै, कोदो, भट्ट, केराउ, फलफूल तथा तरकारीका साथै ब्राण्डिङ गरिएको कोदोको रक्सीसमेत बिक्रीका लागि राखिएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

अर्थतन्त्र समाचार

प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै कालिकोटका किसान

[ad_1] ३० साउन, मान्म । कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो
अर्थतन्त्र समाचार

३४ अंक बढ्यो सेयर बजार

[ad_1] ३० साउन, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९५७