समाचार

बिमाको लोभले आफ्नै पसलमा आगो लगाउने संचालक कारागार चलान

१४ भदौ ,पोखरा।

बिमा रकमको लोभले आफ्नै सपिङ सेन्टरमा आगो लगाउने दुइ जनालाई जेल चलान भयका छन्।

गत साउन १६ गते बिहान करिब पौने दुई बजेको समयमा पोखरा महानगरपालिका वडा न ६ नारेश्वरमा सन्चालनमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगालागी भयको थियो।आगोलागि घटनाको छानबिन गर्ने क्रममा बिमा रकम दाबि गर्ने मनासयले संचालक आधिखोला गाउँपालिका वडा नं.६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.१७ ड्यामसाईड बस्ने वर्ष ३६ का सुजन गहतराज आफैले पसलमा आगो लगायको प्रमाणित भयको हो। त्यसैगरी पुतली बजार न.पा.वडा नं.७ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.१७ बस्ने पवन नेपाल पनि घटनामा दोषी ठहर भयका छन।

उनीहरु दुवै जनालाई आपराधिक मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान गरियाकोमा दोषी ठहर भइ कास्की जिल्ला अदालतबाट भदौ १४ गते
पुर्पक्षको लागी कास्की कारागारमा चलान गरियको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दियको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस