१४ भदौ ,पोखरा।
पोखरा महानगरपालिका वडा न २१ भिरलचौरी काउले निवासी डिलबहादुर सिर्पालीले आफ्नो शुभ जन्मदिनको अवसरमा जेष्ठ नागरिक दिवा सेवा आश्रम शिवालयलाई आर्थिक सहयोग गरेका छन। पोखरा २१ गोप्यश्वर महादेव मन्दिर शिवालय परिसरमा निर्माणधीन अवस्थामा रहेको उक्त दिवा सेवा आश्रमलाई उनका छोरा कृष्ण सिर्पाली र उनि स्वयमको उपस्थितिमा रु एक्काइस हजार एक सय एघार रुपैया आर्थिक सहयोग गरेका हुन्।
सिर्पाली परिवारले गरेको आर्थिक सहयोगको उच्च प्रसंशा गर्दै श्री गोप्यश्वर महादेव मन्दिर र गुठि सरक्षण तथा ब्यबस्थापन समितिले सिर्पालिको नाम शिलालेख र फोटो सचिवालयमा राख्दै प्रमाण पत्र प्रदान गरेको छ। आगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरुमा आफु र आफ्नो परिवारले सकेको सहयोग गर्दै जाने कृष्ण सिर्पालिले बताए।