समाचार

डेंगु सङ्क्रमित सङ्ख्या ४ हजारभन्दा माथि नाघ्यो,तनहुँमा सबैभन्दा बढी सङ्क्रमित

भदौ ०४ , कास्की। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार  ७७ जिल्ला मध्ये  ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो ।देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका छन्  । माघ यता सो सङ्ख्यामा डेंगु सङ्क्रमण देखिको छ । तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ । मुस्ताङ , हुम्ला […]

समाचार

सवारी दुर्घटनामा गाउँपालिकाका उपाध्यक्षको मृत्यु

भदौ ०४ ,सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटना परी मृत्यु भएको छ। सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका-५ को एमाले मोडमा दुर्घटना हुँदा उपाध्यक्ष कार्कीको मृत्यु भएको हो ।३९ वर्षीया उपाध्यक्ष कार्कीको टाउको र छातीमा गम्भीर चोट लागेकाले दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज […]

समाचार

नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

४ भदौ, नवलपुर । नवलपुर को डण्डास्थित वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । सो क्षेत्र भई बहने नारायणी नदी र त्यसका सहायक नदीहरु तथा अन्य स-साना खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाको छ । […]

समाचार

सुख्खा पहिरो जादा इन्द्रावती नदी आंशिक रुपमा थुनियो ,स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह

३ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार, पहिरो जाँदा ढुंगा माटोसहितको गेग्रान नदीमा खस्दा आंशिक थुनिएको हो । यद्यपि, तत्काल थप खतराको सम्भावना नरहेको उनले बताए ।‘फेरि पहिरो गयो भने नदीको वहावमा अवरोध […]

समाचार

कर्मचारीको आन्तरिक सरुवामा अनभिज्ञ :धनराज आचार्य

०३ भाद्र ,पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले कर्मचारी सरुवाको विषयमा आफू अनभिज्ञ रहेको बताएका छन् । कर्मचारीको सरुवा मलाई के थाहा हुन्छ र ? तलको सिस्टमले गर्ने कुरा हो, उनले भने ।आफूले कुनै पनि कर्मचारीलाई सरुवाका लागि हस्तक्षेप नगरेको उनको दाबी छ ।‘मेरो लागि सबै कर्मचारी बराबर हुन्’, उनले भने ।मेयर आचार्यले वाग्लेलाई […]

समाचार

विवादित कर्मचारी सरुवा प्रकरणमा पोखरा महानगरको ध्यानाकर्षण

पोखरा महानगरले कर्मचारी सरुवा विवादलाई लियर ध्यानाकर्षण पत्र जारि गरेको छ। पोखरा महानगरको कर्मचारी सरुवा प्रकरण यति बेला सामाजिक संजालमा बिबादित बनेको छ। सामाजिक संजालमा यस बिषयमा महानगरप्रती लछित गरि बिभिन्न समाचार टिका टिप्पणी आउन थालेपछि महानगरले ध्यानाकर्षण पत्र जारि गरेको हो। महानगरले कुनै एक कर्मचारीलाई लछित नभई आर्थिक बर्ष २०८१ /८२ को पहिलो चरणमा […]

समाचार

पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु

 बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । राति आएको पहिरोमा परेर बुंगल नगरपालिका-१० को टुमेडाका एकै परिवारका ४ जना बेपत्ता थिए । पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले जानकारी दिएका छन् । उनकाअनुसार पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ […]

समाचार

लागू औषध सहित १ जना पक्राउ

पोखरा महानगरपालिका वडा नं.३० पावरहाउस स्थित पृथ्बीराजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ। पोखरातर्फ आँउदै गरेको बसलाई रोकी चेकजाँच गर्ने क्रमा उक्त बसमा सवार अन्नपुर्ण गाउँपालिका वडा नं. १० घान्द्रुक स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं. १४ काजिपोखरी […]

समाचार

सहकारी ठगी कसूरका १ जना फरार प्रतिवादी पक्राउ

सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको जम्मा रहेको रकम सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी जन्य कसूरमा संलग्न रही फरार रहेका प्रतिवादी अनुज नकर्मी पक्राउ परेका छन्। पर्सा विरजंग महानगरपालिका वडा नं. १४ श्रीपुर स्थायी बसोबास भई हाल पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बस्ने उनलाई […]

समाचार

स्वरुप परिवर्तन (Modified) गरिएका १४९ वटा सवारी साधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्की मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरीकार्यालय कास्की समेतको संयुक्त प्रयासमा विगत लामो समयदेखि स्वरूप परिवर्तन(Modified) गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरूनियन्त्रणमा लिई कारवाही गर्दै आईरहेको छ। मिति २०८०।०६।२१ गते देखि अभियानकै रुपमा कार्यक्रम संचालन गरी स्वरूप परिवर्तन गरिएका २२ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरिएको थियो । […]