समाचार

चट्याङ लागेर चितवनमा एक जनाको मृत्यु ,चट्याङबाट अन्य ठाउँमा पनि नोक्सानी

१६ भदौ ,चितवन।

चितवनको माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका-१ शिकारीपुरमा चट्याङ लागेर ५० बर्षीया सरस्वती महतोको मृत्यु भएको हो ।महतोको टाउको, ढाड, खुट्टा र शरीरका अन्य भाग जलेको प्रहरीले जनाएको छ ।

त्यसैगरी जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् ।तातोपानी गाउँपालिका-४ स्थित लामाचौर पाटनमा शनिबार राति चट्याङ पर्दा ५६ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतीले जानकारी दिए ।उनका अनुसार पातरासी-२ तल्फिका ६ जना किसानका ५६ भेडा मरेको हुन् । प्रहरी चौकी तल्फीबाट ७ जनाको प्रहरी टोली घटनास्थल गएको छ । प्रहरी टोली बिहानै हिंडे पनि भौगोलिक विकटताका कारण पुग्न ढिला भएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस