समाचार

लेकसाइड बाराहीघाटमा टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने

१८ भदौ ,पोखरा।

‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महान् पर्व हरितालिका तीज अवसरमा पर्यटन व्यवसायी महिला संघ नेपाल टेवानले तीज सांस्कृतिक महोत्सव आयोजना गर्ने भयको छ। भदौ २१ र २२ गते लेकसाइडको बाराहीघाटमा महोत्सव हुने आयोजक टेवानले जनाएको छ ।

टेवान अध्यक्ष कमला गिरीका अनुसार नेपालको संस्कार, संस्कृति, कला, धर्मलाई पर्यटनसँग जोड्न महोत्सव आयोजना गरिएको हो ।महोत्सवमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुदका कार्यक्रम, बहसलगायत हुनेछन् ।महोत्सवको पहिलो दिन तीज पर्व नै भएकाले बिहान १० बजे बाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको र्याली हुनेछ ।वाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा बिहान ११ बजे औपचारिक उद्घाटन तथा सांस्कृतिक कार्यक्रम एवं तीज गीत प्रतियोगिता सुरु हुने छ ।दोस्रो दिन बिहानैदेखि खेलकुदका कार्यक्रम हुने छन् । त्यसपछि तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा प्यानल डिस्कसन हुनेछ ।संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राप्रपा नेतृ खुश्वु ओली र डा.राजुराज अधिकारी वक्ता रहने छन् । सहजीकरण पत्रकार दुर्गा अधिकारीले गर्नेछन् ।

कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले तीज गीत प्रतियोगिताका लागि हालसम्म १६ टिमले दर्ता गरिसकेको र महोत्सव सुरु हुँदासम्म करिब ३० टिम पुग्न सक्ने बताइन् ।प्रतियोगीले पर्यटन प्रवद्र्धनसम्बन्धी र महिला उद्यमशीलता विषयमा गीत प्रस्तुत गर्नुपर्ने छ । प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार सान्त्वना १० टिमलाई पाँच/पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । एउटा टिममा बढीमा सात जना कलाकार हुनुपर्ने छ । गीत सात मिनेटमै गाएर सक्नुपर्ने छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस