समाचार

मुना पाण्डे हत्या प्रकरण ; आरोपी शाहलाई धरौटीमा छाड्न अदालतलको अस्वीकार

१९ भदौ ,काठमाडौँ । 

अमेरिकाको टेक्सस राज्यको ह्युसटनमा २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेका हत्याका आरोपी बबि सिंह शाहलाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ । 

शाहलाई मंगलबार ह्युस्टन अदालतमा पेस गरिएको थियो । स्थानीय पत्रिका क्लिक२ह्युस्टनका अनुसार अदालतका कागजातहरूमा हत्याका अभियुक्त ५१ वर्षीय शाह  र २१ पाण्डेबिचको सम्बन्धबारे नयाँ विवरण पत्ता लागेको छ । अदालतको अभिलेख अनुसार एक वर्षअघि पाण्डेले काम गर्ने चमेना गृहमा शाह पटक पटक आउने गरेको पत्रिकाले जनाएको छ ।

प्रारम्भिक बयानका क्रममा शाहका वकिलले आफ्ना ग्राहक शतप्रतिशत निर्दोष रहेको र आफूलाई निर्दोष साबित गर्न उत्साहित रहेको बताएका थिए । यद्यपि सरकारी वकिलहरूले डिसेम्बरमा अर्को सुनुवाइ नभएसम्म शाहको जमानत अस्वीकार गर्न अनुरोध गरेका थिए । 

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस