समाचार

दरखाने दिनमा मानवसेवा आश्रममा भोजनार्थ सहयोग


पोखरा, २० भदौ ।

कर्मचारी मिलन केन्द्र कास्कीले निजामति सेवा दिवस २०८१ एवम् हरितालिका तीजको दरखाने दिनका अवसर पारी आज मानवसेवा आश्रम छोरेपाटनमा आश्रित व्यक्तिहरूलाई भोजनार्थ सहयोग गरेको छ । विशेषतः महिला दिदीबहिनीलाई आश्रय दिइराखिएको छोरेपाटनस्थित आश्रममा केन्द्रका तर्फबाट संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले २६ हजार रुपैयाँ नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गरेका थिय । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक मानवलाई आश्रममा ल्याएर सम्मानपूर्वक सेवा प्रदान गरिरहेको मानवसेवा आश्रमको काम प्रशंसनीय भएको बतायका थिय ।
उनले पर्यटन राजधानी पोखरालाई सडक मानव मुक्तका साथै मठमन्दिरमा पनि मगन्ते मुक्त बनाउने प्रयास थालिएको जनाएका छन्।

केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले मानवीय भावनाका साथ आश्रममा आश्रित व्यक्तिहरूको भोजनार्थ सहयोग गरिएको बताउँदै समाजिक एवम् मानवीय भावनाका साथ सञ्चालित यस्ता संस्थाहरूमा सबैको साथ र सहयोग आवश्यक हुने धारणा
राखे । निजामति सेवा दिवसका अवसरमा सरसफाई निजामति सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आजै पोखराको सहिदचोक सहित आसपासका कार्यालय क्षेत्रमा सरसफाई गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामति कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै समाजिक उत्तरदायित्व समेत बहन गरी काम गर्नुपर्नेमा जोड दिईन । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरसफाई प्रति समाजमा सचेतना अभिबृद्धिका लागि पनि यस किसिमका कार्यक्रमलाई अघि बढाउनुुपर्ने आवश्यकता औंल्याय । कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रमा सम्पदास्थलहरूमा सरसफाई गरिदै आइएको बताउँदै निजामति सेवा दिवसका अवसरमा सहिद चोक सहित आसपासका कार्यालय क्षेत्रमा सरसफाई गरिएको जानकारी गराए । कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल, नागरिक अभियानका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधि सहित राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस