झापा ,२७ भदौ ।
पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँ नै बिरामी परेको छ ।अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाकोमा बुधबार पूजा लगाइएको थियो । पूजामा ६० जनाभन्दा धेरैले प्रसाद खाएका थिए ।
पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद खाने पनि बिरामी भएका छन् । गाउँका स्थानीय र पूजाका लागि पाहुना आएका आफन्त गरी ५५/६० जना बिरामी भएका छन् । बिरामीको स्थानीय क्लनिकमा उपचार भइरहेको छ । पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र डाइरिया भएको थियो । ज्वरो पनि आएको छ ।
बिरामीको स्थानीय दुई क्लिनकमा उपचार भइरहेको छ।