पोखरा, २७ भदौ।
पोखरा
पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर जिमिरेमा लागूऔषध कारोबार भई रहेको भन्ने
सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर र लागू औषध नियन्त्रण व्यूरो शाखा
कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले सन्तु घर्ति मगर लाइ पक्राउ गरेको छ। उनको घर खानतलासी
गर्दा निजले लुकाई छिपाई राखेको लागू औषध बुप्रिनर्फिन १२७ एम्पुल, डाईजापाम १२७
एम्पुल, फेनरागन १२७ एम्पुल गरी जम्मा ३८१ एम्पुल र नाइट्रोभ्याट १० लेखेको ८ चक्की बरामद गरेको छ। निजलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढायको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दियको छ।