समाचार

पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टितेलमा ५/५ रुपैयाँले मूल्य घट्यो

 पोखरा ,३० भदौ।

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।  पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । 

नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागु हुनेछ । 

त्यस्तै दोस्रो वर्ग अन्तर्गत दाङ र सुर्खेतमा क्रमशः १५८ रुपैयाँ र १४८ रुपैयाँ तथा बाँकी पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा १५६.५ रुपैयाँ र १४६.५ रुपैयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस