पोखरा ,३० भदौ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । संघको ३५ औं महाधिवेशनमा भएको मतदानको अन्तिम परिणाममा प्रतिस्पर्धी अर्जुन पोखरेललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष कार्कीले प्रतिस्पर्धी पोखरेलले भन्दा ४८८ मत ल्याएर विजयी भएका हुन् । कुल २२४७ मत खसेकोमा अध्यक्ष निर्वाचित कार्कीले १३३९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी पोखरेलले ८५१ मत प्राप्त गरे ।
संघको अध्यक्ष र उपमहासचिवबाहेक अन्य पदमा भने निर्विरोध निर्वाचित भएका थिए । संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भईसकेका हुन् ।
उपमहासचिवमा सुदीपमान प्रधानाङ्ग बिजयी भएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनले अर्जुन प्यानलबाट उठेका बालकृष्ण कोईरालालाई पराजित गर्दै विजयी भए । बिजयी प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गरे । पराजित कोईरालाले १ हजार ४७ मत प्राप्त गरे ।
समिति सदस्य खुल्लातर्फको मतगणना सकिएको छ । खुल्ला सदस्यको अन्तिम मत परिणाम अनुसार ललितबहादुर कुँवर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दूधमान गुरुङ (आशिष) १४६८ र भीम गौतम १४३९ मत ल्याएर बिजयी भएका हुन् ।
त्यस्तै, टिकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना १३७५, प्रदीप राजभण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मत ल्याएर बिजयी भएका छन् । १० खुल्ला सदस्यमा बिनोद केसी १२९६, लेखनाथ सुवेदी १२८६, प्रेमप्रसाद सुवेदी १२८५, विष्णुप्रसाद तिमिल्सिनाले १२३० मत ल्याएर पराजित भए । संघको १० सदस्यीय कार्यसमितिका लागि १४ जनाबीच प्रतिष्पर्धा भएको थियो ।
संघको वस्तुगततर्फ सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मत ल्याएर बिजयी भए । नवीन नापित र दीपेन्द्र कोईरालाको समान १४/१४ भएपछि गरिएको गोला प्रथाबाट नापित बिजयी भएका थिए ।