समाचार

धरहरा संघीय सरकारकै मातहतमा,बालेनको लबिङ सरकारले सुनेन

काठमाडौँ ,३ असोज ।

सर्वसाधारणका लागि धरहरा खुला गरेको छ । संविधान दिवसको अवसर पारेर बिहीबार सहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि धरहरा खुला गरेको हो । धरहरा खुला भएसँगै सर्वसाधारणले धरहरा चढेर काठमाडौँ सहरको अवलोकन गर्न पाउने भएका छन् । २०७२ सालको भूकम्पले भत्किनुअघि धरहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरपालिकाले गरिरहेको थियो । अहिले पनि महानगरपालिकाले धरहराको भूमिगत पार्किङमा निःशुल्क पार्किङको व्यवस्था गरेको छ । धरहराको पार्किङ कुनै पालिका विशेष होइन, धरहरा त मेरो परिकल्पनामा डिजाइन भएको हो । अब धरहरालाई आम्दानीको स्रोत बनाउन सकिन्छ ,’ प्रधानमन्त्री ओलीले साउन १५ गते सचिवहरूसँगको बैठकमा भनेका थिए, ‘मान्छेलाई मनोरञ्जन पनि हुन्छ , आम्दानी पनि हुन्छ ।’ सोहीबेला प्रधानमन्त्री ओलीले धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन पनि दिएका थिए  भदौ ५ गते काठमाडौँ महानगरपालिकाका प्रमुख प्रमुख बालेन शाहले सहरी विकासमन्त्री प्रकाशमान सिंहसँगको भेटमा धरहरा व्यवस्थापनको जिम्मा महानगरलाई दिन लबिङ गरेका थिए ।तर महानगरलाई नदिएर धरहराको व्यवस्थापन संघीय सरकार आफैँले गर्ने गरी कार्यविधि तयार गरेको छ । कार्यविधि बने पनि पास नभइसकेको सहरी विकास मन्त्रालयका सचिव मणिलाल गेलालले बताए । कार्यविधि पास नभए पनि मन्त्रिपरिषद्को निर्णयानुसार तत्काललाई सहरी विकास मन्त्रालयले धरहरा सञ्चालनको जिम्मा पाएको मन्त्रालयका सचिव गेलालले बताए । धरहरा सञ्चालनका लागि कार्यविधि बनाएर अर्थ मन्त्रालयमा पठाइएको थियो । अर्थ मन्त्रालयले स्वीकृति दिएपछि राय परामर्शका लागि कानुन मन्त्रालयमा पठाइएको छ,’ सचिव गेलालले भने, ‘कानुन मन्त्रालयले राय परामर्श पठाएपछि मन्त्रिपरिषद्मा जाने र मन्त्रिपरिषद्को निर्णय गरेपछि कार्यविधिमा भएको व्यवस्थाअनुसार व्यावसायिक रूपमा सञ्चालनमा आउँछ ।’ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण र व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ । अधिवक्ता डा. रुद्र शर्मा धरहरा जस्ता पूर्वाधारको निर्माण, प्रचार, बजेट व्यवस्थापन लगायत काम संघीय सरकारलाई दिए पनि सञ्चालनको अधिकार स्थानीय तहलाई दिएको बताउँछन् । ‘तहगत सरकारबिचको अधिकार र कार्यविभाजन बाँडबाँटमा यस्ता कामको सञ्चालन स्थानीय तहकै अधिकार क्षेत्र हो,’ उनी भन्छन्, ‘धरहराको संरचना ठुलो पनि सञ्चालनको काम सानो हो । यसलाई सम्बन्धित स्थानीय तहमै हस्तान्तरण गर्नुपर्छ ।’  तत्काल सर्वसाधारणका लागि खुला गर्नुको मुख्य कारण यसको परीक्षण रहेको सचिव गेलालको भनाइ छ । उनका अनुसार अहिले परीक्षणका साथै सर्वसाधारणको चाहानालाई लक्षित गर्दै अर्को निर्णय नभएसम्म सहरी विकास मन्त्रालयले निःशुल्क धरहरा चढ्ने व्यवस्था गरेको छ । दसैँ, तिहार र छठ पर्वसम्म सर्वसाधारणका लागि निःशुल्क चढ्ने व्यवस्था हुनेछ ।  तत्कालको लागि परीक्षणका लागि सञ्चालन गरिएको हो,’ उनले भने, ‘लिफ्टमा के समस्या देखिन्छ । बिजुलीको लागत के कति लाग्छ । अरू भिडभाडको समस्या पछिका लागि कसरी समाधान गर्ने भन्ने परीक्षण भएपछि पूर्णरुपमा व्यावसायिक तरिकाले सञ्चालन गरिने छ ।’

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस