राजनीति

मान्छे बेचेर राजनीतिमा आएको हैन मान्छे बचाएर आएको हो ; रबि लामिछाने

कास्की ,६ असोज

दश दिने भ्रमणका लागि शनिबार राति चीन गएको रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली सोमबार बिहानै स्वदेश फर्किने भएको छ ।विकसित पछिल्लो राजनीतिक अवस्थाले टोली सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाडौं फर्किन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए ।चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । टोलीमा ७ सांसद र ७ गैरसांसद छन् ।

सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै जीबी राई, रास्वपा सभापति रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सोही प्रतिवेदन अनुसार कारबाही अघि बढाउन गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आग्रह गरेकै दिन आइतबार छविलाल पक्राउ परेका छन् ।उनलाई पोखरा लगिएको छ । कास्कीमा गोर्खा मिडिया विरुद्ध जोहरी परेको र त्यही मिडियाको प्रमुख सेयर रहेका जोशीलाई पक्राउ गरी थप अनुसन्धानका लागि पोखरा ल्याइएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।

छविलाल पक्राउ परेपछि रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालय बनस्थलीमा उपस्थित हुन आग्रह गरेका थिए । त्यस अनुसार रास्वपा कार्यकर्ता वनस्थलीस्थित पार्टी कार्यालय जम्मा भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही नबिराएको र नडराएको बताएका छन्।  पार्टी कार्यालयमा पत्रकारमाझ बोल्दै उनले आफूमाथि किन प्रहार भयो भइरहेको नबुझेको  बताए ।‘रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको हैन मान्छे बचार आएको हो‚’ उनले भने ।  उनले आफूले भागेर लुकेर नडराएको तथा शिर ठाडो गरेर छाति ठड्याएर बसेको दाबी गरे ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

राजनीति समाचार

रास्वपाको उपस्थितिलाई नजरअन्दाज नगर्न लामिछानेको चेतावनी

[ad_1] ३० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय सम्बन्धी कानुनको सही कार्यान्वयनका लागि खबरदारी
अन्तरवार्ता भिडियो राजनीति समाचार

उपप्रधानमन्त्री सिंहले काठमाडौंका नदीमा बहाब बढाउन विज्ञसँग गरे छलफल

[ad_1] २९ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती लगायत नदीमा पानीको बहाब वृद्धि