प्रहरीले दुर्गा प्रसाईंसँग बयान लिने काम सुरू गरेको छ।मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई उजुरी परेपछि साइबर ब्युरोले आइतबार भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
प्रसाईंलाई आइतबार बेलुकी अस्पताल पनि लगिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि प्रसाईंलाई वीर अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ।स्वास्थ्यमा सुधार आएपछि उनीसँग प्रहरीले बयान लिने काम सोमबार मध्याह्नदेखि सुरू गरेको हो। साइबर ब्युरोको टोलीले बयान लिएको हो।गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो।