पोखरा ,७ असोज।
पोखरा महानगरपालिका वडा नं. १३ भद्रकाली स्थित पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयको भवन भित्र कोठा नं. १ वडा सचिव अन्जु गुरुङको कार्यालयको सोफामा आइतबार खैरो रंगको पछाडी भिर्ने झोला अपरिचित व्याक्तिले छाडी गएको भन्ने सुचनाको आधारमा वडा प्रहरीकार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले झोला चेक गर्ने क्रममा नगद रु. २ लाख फेला परेको छ।
वडा सदस्यको रोहबरमा झोला खोली हेर्दानगद रु. २ लाख हाप पाईन्ट थान-१, टिसर्ट थान -१, INSTA 360 लेखेको क्यामेरा थान-१
र मो.सा.को चाबी थान -१ अनुसारको नगद तथा जिन्सि सामानहरु फेला परेको हो। उक्त सामान वडा प्रहरी कार्यालय रामबजारमा ल्याई राखिएको छ। उक्त सामान कोही कसैको भयमा प्रमाण लाग्ने कागजात सहित वडा प्रहरी कार्यालय रामबजारमासम्पर्क गर्न वडा प्रहरी कार्यालय रामबजारले अनुरोध गरेको छ।