समाचार

इन्स्पेक्टर विनु शाहीमाथि छानबिन गर्न समिति गठन,बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप

काठमाडौं ,१० असोज ।

प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाही मुछिएको एक घटनाको छानबिन गर्न समिति गठन भएको छ ।आर्थिक अनियमितताको आरोप लागेकी भैसेपाटीकी इन्स्पेक्टर शाहीलाई निलम्बनका लागि सिफारिस गरिएको छ ।ललितपुर प्रहरी परिसरले शाहीलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको हो ।

शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप शाहीविरुद्ध छ । उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले  छानबिन समिति गठन भएको र यसबारे रिपोर्ट आएपछि थप विषय खुल्ने बताइन् । असोज ६ गते केही युवतीले आफूहरुमाथि धाकधम्की भएको भन्दै प्रहरीलाई बोलाइपछि बिनुकै संलग्नतामा बलात्कारसम्बन्धी मुद्दामा आर्थिक चलखेल भएको बताइएको छ । यो घटनामा प्रहरीले पछि तीन जनालाई पक्राउ समेत गरेको छ ।

उनलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ ।

जिल्ला प्रहरी कार्यालयले डीएसपीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस