अर्थतन्त्र

छापावाल सुनको मूल्य अहिलेसम्मकै उच्च

कास्की ,१० असोज।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो । जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासङ्घले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ । 

अघिल्लो दिन बुधबारबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो । 

यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ७७५ रुपैयाँ कायम भएको छ । 

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो । मूल्य बढेपछि नेपाली बजारमा सुनका गरगहनाको माग पनि न्यून भएको छ । दसैँ–तिहारजस्तो चाडपर्व नजिकिँदै गर्दा पनि सुनका गरगहना बनाउने ग्राहकको संख्या बढ्न सकेको छैन । सुन कारोबारमा कमी आएसँगै आयात पनि शून्यप्राय भएको छ । भदौमा सुनको आयात नै नगन्य देखिएको छ । भदौमा ५० ग्राम मात्रै सुन आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ । त्यो सुन बैंकले नभएर विदेशबाट आउने कुनै व्यक्तिले ल्याएको हुन सक्ने विभागका अधिकारीहरू बताउँछन् ।नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रै छ । बैंकहरूले ग्राममा नभएर एकै पटक २५–५० केजीभन्दा बढी सुन आयात गर्छन् । त्योअनुसार भदौमा व्यावसायिक प्रयोजनका लागि सुन आयात नभएको देखिन्छ । गत असारमा पनि सुनको आयात शून्य थियो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

अर्थतन्त्र समाचार

प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै कालिकोटका किसान

[ad_1] ३० साउन, मान्म । कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो
अर्थतन्त्र समाचार

३४ अंक बढ्यो सेयर बजार

[ad_1] ३० साउन, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९५७