समाचार

बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ

पोखरा ,११ असोज।

सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीले उनलाई भारतको नयाँ दिल्लीबाट शुक्रबार पक्राउ गरेको सीआईबीले पुष्टि गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआईबी) प्रमुख एआइजी दीपक थापाले नेपालीमाथि रेड कर्नर नोटिस यसअघि नै जारी गरिएको भन्दै उनलाई पक्राउपछि नेपाल ल्याउने तयारी भइरहेको बताए । नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका नेपालीले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको भन्दै  बागलुङ जिल्ला अदालतमा मुद्दा परेको थियो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस