काठमाडौं ,१३ असोज।
शुक्रबारदेखि आएको वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ५२ जनाको मृत्यु भएको छ ।जसमा सबैभन्दा बढी ललितपुरमा ३० जनाको मृत्यु भएको छ ।काठमाडौंमा १७ र भक्तपुरमा ५ जना गरी ५२ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता विनोद घिमिरेले बताए ।
त्यसैगरी ललितपुरबाट ७, काठमाडौंबाट २ गरी ९ जना भने अझै बेपत्ता छन् । बाढी पहिरोमा परी घाइते हुनेको संख्या ३१ छ । काठमाडौंमा १८,ललितपुरमा ९ र भक्तपुरमा ३ जना गरी ३१ जना घाइते भएका थिए । ती मध्ये ललितपुरका ९ जना डिस्चार्ज भइसकेका छन् ।
यी तीन जिल्लाबाट सुरक्षाकर्मीहरु २ हजार १५५ जनाको उद्दार गरेका छन् । काठमाडौंबाट १ हजार ४४२, ललितपुरबाट ६५७ र भक्तपुरबाट ५६ जनाको उद्दार गरिएको एसएसपी घिमिरेले बताए ।
बाढी पहिरोमा परेर २ हजार ७४० घरहरुमा क्षति भएको छ । काठमाडौंमा १ हजार ३४० घर डुबानमा परेको र ११ घर भत्केको पाइएको छ ।ललितपुरमा ९७८ घर र भक्तपुरमा ४१७ घरहरु डुबानमा परेका छन् ।