समाचार

पनौती नगरपालिकामा ५ जनाको शव फेला १२ जनाको खोजी कार्य जारि

काठमाडौं,१३ असोज।

बिहीबार साँझदेखि परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा ठूलो जनधनको क्षति भएको छ ।मेयर रामशरण भण्डारीका अनुसार नगरपालिकामा १७ जना बेपत्ता भएकोमा अहिलेसम्म ५ जनाको शव फेला परेको र १२ जनाको खोजी कार्य भइरहेको छ ।

‘नगरपालिकाको १२ नम्बर वडामा ठूलो क्षति पुगेको छ । रोशीको बजार क्षेत्र रोशी खोलाले बगाएको छ,’ उनले भने, ‘नगरपालिकाभित्र ३ सयभन्दा बढी घरमा बाढी र पहिरोका कारण क्षति पुगेको छ । पशु चौपायाको कति क्षति भयो भन्ने यकिन विवरण छैन ।’

खोपासी जलविद्युत आयोजनको ड्याम क्षेत्रमा रोशी नदीको बाढीले ठूलो क्षति पुगेको छ । रोशीको माथिल्लो क्षेत्रमा रहेको खानी र क्रसरबाट बाढीसँगै बगेर आएको गेग्रानले पनौती नगरपालिका १२ मल्पीभन्दा तलको रोशी बजार पूर्णरूपमा क्षति पुगेको हो । खोपासी जदविद्युत् आयोजनाको बाँध क्षेत्रमा रहेको बजारका पक्की घरहरू नै रोशीको बाढीले तहसनहस बनाएको छ ।त्यसैगरी नगरपालिकाका ११, १ र २ नम्बर वडामा पनि क्षति पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी, नगरपालिको विपद् व्यवस्थापन टोली र स्थानीय समेत मिलेर रोशीले बगर बनाएको क्षेत्रमा खोजी र उद्धार कार्य भइरहेको मेयर भण्डारीले बताए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस