समाचार

नगद रु. २ लाख सहितको झोला फेला

पोखरा ,७ असोज। पोखरा महानगरपालिका वडा नं. १३ भद्रकाली स्थित पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयको भवन भित्र कोठा नं. १ वडा सचिव अन्जु गुरुङको कार्यालयको सोफामा आइतबार खैरो रंगको पछाडी भिर्ने झोला अपरिचित व्याक्तिले छाडी गएको भन्ने सुचनाको आधारमा वडा प्रहरीकार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले झोला चेक गर्ने क्रममा नगद रु. २ लाख फेला […]

राजनीति

मान्छे बेचेर राजनीतिमा आएको हैन मान्छे बचाएर आएको हो ; रबि लामिछाने

कास्की ,६ असोज दश दिने भ्रमणका लागि शनिबार राति चीन गएको रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली सोमबार बिहानै स्वदेश फर्किने भएको छ ।विकसित पछिल्लो राजनीतिक अवस्थाले टोली सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाडौं फर्किन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए ।चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको […]

समाचार

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइयो

पोखरा ,६ असोज । काठमाडौँको बानेश्वरबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ । सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन गरेको केही घण्टामै जोशी पक्राउ परेका थिए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिलेर जोशीले पनि रकम अपचलन गरेको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ । […]

खेलकुद

पहिलो लायन्स गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुँदै

पोखरा ,६ असोज ।लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपाल मै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुन लागेको छ। यो रोमाञ्चक प्रतियोगिता आगामी असोज ४ र ५ गते पोखरा रंगशालामा सम्पन्न हुनेछ। प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका बाइक रेसिङ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाका अनुसार यो प्रतियोगिता […]

समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नै निवास बाट पक्राउ

काठमाडौं ,६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिए ।प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै […]

समाचार

पाँच सय बढी निर्माण व्यवसायी कालोसूचीमै

काठमाडौँ,५ असोज। मौद्रिक नीतिको प्रावधानले ऋणको सावाँ ब्याज तिर्ने समय थप गरे पनि अझै पनि पाँच सय भन्दा बढी निर्माण व्यवसायी कालोसूचीमै छन् । कालोसूचीमा परिसकेका व्यवसायीबारे प्रष्ट नहुँदा यो व्यवस्था लागु हुनुअघि कालोसूचीमा परेका व्यवसायीहरूको कालोसूची यथावत् भएको हो ।  नेपाल राष्ट्र बैंकले साउन दोस्रो साता मौद्रिक नीति सार्वजनिक गर्दै निर्माण व्यवसायीले असार मसान्तसम्म बैंकलाई […]

समाचार

रास्वपाका उपसभापति वाग्लेसहित जम्बो टोलि आज चीन जाँदै

काठमाडौँ,५ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीको टोली १० दिने भ्रमणका लागि चीनतर्फ जाँदैछ । पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ सदस्यीय टोली शनिबार राति चीनतर्फ जाने कार्यबाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए ।उनका अनुसार टोलीमा सांसद शिशिर खनाल, पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, सांसदहरु मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली, केन्द्रीय […]

समाचार

दसैँको अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुल्ने

काठमाडौँ ,५ असोज। दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले घटस्थापनाभन्दा एक साता अघि अग्रिम टिकट बुकिङ खुला गरिने बताए । ‘घटस्थापनाभन्दा एक साता अघि टिकट खुलाउने तयारी छ । अहिले बाटो मर्मत सडक सुरक्षाका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा […]

समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि बढाउँछौँ : प्रचण्ड

काठमाडौँ ,५ असोज। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने हो भने अब आफूहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि बढाउने बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासङ्घले आज काठमाडौँमा गरेको राजनैतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन नै गर्ने हो भने अब यी एजेन्डामा गर्नुपर्ने बताए […]

स्वास्थ्य

पोखरामा डेंगु सङ्क्रमण तिब्र ,चार हजार भन्दा बढी नाग्यो

पोखरा ,५ असोज। कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ ।महानगरको स्वास्थ्य महाशाखाका अनुसार भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकामा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिइ डेंगु रोकथाम गर्ने […]