पोखरा, ४ कात्तिक ।
संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा पोखरा ७ मासबार कोलबारी मार्गमा रहेको डिज्नील्याण्ड एकेडेमीको प्रङ्गणमा सम्पन्न भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले सभाको उद्घाटन गर्दै सहकारीका ७ सिद्धान्तबाट विचलित नभई अगाडि बढेकाले नै संकल्प सहकारी अहिलेको परिस्थितिमा आफूलाई जोखिमरहित भएको बतायका छन् । शेयर सदस्यहरुले सहकारीबाटै कारोबार गरेर संस्थालाई मजवुत बनाउन लाग्नुपर्ने सुझाव दियका छन् । महिला विकासका लागि आमा समुहका अध्यक्ष तुलसी बरालले सबै शेयर सदस्यहरुले बचत मात्र नभएर सहकारी मार्फत नै आफ्नो घरायसी एवम व्यवसायिक खर्च गर्ने हो भने मात्र मुनाफा वृद्विहुने बतायकि छिन।
सभामा बचत तथा ऋणतर्फ उत्कृष्ट कारोबार गर्ने टिका कुमारी शर्मा र रामनाथ पौडेललाई सम्मान गरिएको थियो । संस्थाको कोषाध्यक्षको प्रतिवेदन हरिप्रसाद बराल र लेखा समितिको प्रतिवेदन सूर्यनाथ भट्टराईले प्रस्तुत गरेका थिय । संस्थाका अध्यक्ष पीताम्बर बरालको अध्यक्षतामा सम्पन्न उक्त सभामा स्वागत उपाध्यक्ष सावित्री बराल, सहकारी सिद्घान्त वाचन सदस्य अञ्जु आचार्य र संचालन सचिव नरेशप्रसाद बरालले गरेका थिय । संस्थामा हाल ८५ जना महिला र १३५ जना पुरुष गरि कुल २२० शेयर सदस्य रहेका छन् । संस्थाको कुल शेयर पुँजी २ करोड ८ लाख १ हजार ६ सय कायम रहेको छ ।