राजेन्द्र महतो अध्यक्ष रहने गरी नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका महतो केही समयदेखि राष्ट्रिय मुक्ति अभियानमार्फत सक्रिय रहँदै आएका थिए।महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको नेता केशव झाले बताय।
‘हामी दल दर्ताका लागि निर्वाचन आयोगमा छौं, राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको नयाँ पार्टी बनाउन लागिएको हो,’ उनले भने, ‘अहिले अध्यक्ष र १७३ जना केन्द्रीय सदस्य रहनुहुन्छ।’ उनकाअनुसार पार्टीले चुनाव चिह्न माछा प्रस्ताव गरेको छ।गत फागुनमा महतोले लोसपा परित्याग गरेका थिए।त्यसबेलादेखि नै उनले अभियान सञ्चालन गरेका थिए।