पोखरा, १२ कार्तिक।
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार पोखरामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो सहकारी ठगी प्रकरणमा जोसुकै दोषी छन् भने उनीहरुले छुट पाउनु हुँदैन ।’ उनले पीडितले न्याय पाउनुपर्ने र दोषी उम्किन नहुनेमा जोड दिँदै अगाडि भने, ‘तर, राजनीतिक पूर्वाग्रहको आधारमा कुनै पनि काम नहोस् ।’ पोखरामै यतिबेला रास्वपा सभापति तथा पूर्व उपपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि १० दिनदेखि प्रहरी हिरासतमा छन् । आफ्नो सहानुभूति रहेको र सरकारले तत्काल उनीहरुको रकम फिर्ता गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।उनले विचार मिल्ने दलहरुसँग एकताको सम्भावना हुनु राम्रो हो भने , तर माओवादीसँग एकताको परिस्थिति नबनेको र एमालेसँग एकताको ‘कल्पनै नगरे हुन्छ’ भने । उनी भन्छन्, ‘एमालेसँग पनि एकता हुँदै हुँदैन भनी कसम खाएको त होइन । तर सम्भावना नदेखेको हो ।’एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दोष प्रकट गर्दै नेपालले भने, ‘केपी ओली सुध्रिनलायकको हो ? सुध्रिहाल्यो भने त म खुसी नै हुन्छ ।’ उनले आफू कसैसँग रिस, राग, द्वेष देखाउने मान्छे नभएको तर कसैले फूर्ति धेरै देखाउँछ भने सहन नसक्ने स्पष्ट पारे ।