समाचार

स्थानीय तहलाई अझ बलियो बनाऊँ : मेयर आचार्य

पोखरा , १२ कार्तिक।

स्थानीय तहका मूल्याङ्कन प्रणालीहरूलाई एकीकरण गर्ने उद्देश्य अनुरूप प्रदेश स्तरमा छलफलसहित सुझाव सङ्कलन गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गण्डकी, कर्णाली, सुदूरपश्चिम, बागमती र लुम्बिनीको संयुक्त रुपमा पोखरामा छलफल कार्यक्रम गरेको छ ।

स्थानीय तहका मूल्याङ्कन प्रणालीहरू स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा), स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) र स्थानीय आर्थिक विकास (लिड) मूल्याङ्कन प्रणालीलाई एकीकृत गरी सञ्चालन गर्ने सम्बन्धमा मन्त्रालयले सरोकारवालाहरूसँग विभिन्न चरणहरूमा छलफल गरिरहेको छ ।पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय सरकारहरूको कार्य सम्पादनलाई अझै सबल र प्रभावकारी बनाउनका लागि यस्ता प्रकारका मूल्याङ्कनका आधारहरूले थप बलियो बनाउने बताए ।
आफ्नो क्षमताको आफै मूल्याङ्कन गर्ने यी प्रणालीहरू संस्थागत इमान्दारिता र जबाफदेहितासँग समेत जोडिने भएकाले यसले स्थानीय सरकारहरूलाई आत्मविश्वासका साथ काम गर्ने वातावरण तयार गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पाँच वटै प्रदेशका छनोट भएका पालिकाहरूको प्रतिनिधित्व रहने गरी प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सूचना प्रविधि अधिकृत र फोकल पर्सन समेतको सहभागिता रहेको छ । २०७४ बाट व्यवहारिक रूपमा प्रयोगमा आए पनि लिजा २०७७, एफआरए २०७७ र लिड २०७९ बाट नेपाल सरकारले कानुन नै बनाएर कार्यान्वयन गरिरहेको छ । लिजामा १० वटा सूचकहरू, एफआरएमा ५ र लिड मार्फत ५ वटा सूचकमा मूल्याङ्कनका आधारहरू तोकिएका छन् ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस