बुटवल ,१९ कार्तिक ।
अर्घाखाँचीमा बसको ठक्करबाट तिहारको भैलो खेलिरहेका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २२ वर्षीया तारा श्रेष्ठको सनाखत भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ ।
भुमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाटीमा सोमबार करिब ५ बजे ना३ख २४७१ नम्बरको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।देउसी भैलो खेल्न आएको बसको ब्रेक फेल हुँदा बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको जनाएको छ ।
घटनास्थलमै एक महिलाको मृत्यु भएको डीएसपी मल्लले बताए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।