समाचार

तालचोक-बेगनास बाटोको गति सुस्त, निर्माण कम्पनीहरूलाई तोकिएको समयभित्र नै काम सम्पन्न गर्न नगर प्रमुख धनराज आचार्य को निर्देशन

पोखरा, ९ मंसिर।

तालचोक-बेगनास सडकखण्ड विस्तारको काममा भइरहेको छ । विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त सडकको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको छ । विश्व बैंकका टास्क टिम लिडर अवेबाओ सम्मीलित टोलीले स्थलगत अवलोकन गरेको हो ।

टोलीले तालचोक-बेगनास सडक खण्ड, कालिकास्थान-पुँडीटार-लामेआहाल सडक र शिशुवा सिसाघाट सडकको समेत अवलोकन गरेको छ । टोलीले तालचोकको बेगनासको सडकका सम्बन्धमा तोकिएको समयमा नै काम सक्ने गरी कामको गति बढाउन ताकेता गरेको छ भने, अन्य दुईवटा सडकको पछिल्लो प्रगति निकै राम्रो रहेको बताएको छ ।३.२८ कि.मी लम्बाइको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्रयाक र डिभाइडरसहित चार लेनमा स्तरोन्नति हुँदैछ । १.५ मिटरको डिभाइडर, दुवै छेउमा २.५ मिटर पार्किङ स्पेस, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच हुनेछ ।

उता, कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको भने सेक्सन एक र दुई गरी दुई टा खण्डमा काम भइरहेको छ । करिब १२.४४ किमी सुविधा सम्पन्न सडक निर्माण हुनेछ । ७ मिटर चौडाइको सडक अस्फाल्ट पिच हुनेछ । सडकको दायाँबायाँ ड्रेन सहितको २=२ मिटरको फुट ट्रयाक हुनेछ । विश्व बैंकको ३ अरब आर्थिक सहायतामा यो सहित तालचोक बेगनास सडक र शिशुवा–शिशाघाट सडक स्तरोन्नति गर्न लागिएको हो ।

यी सडकहरू निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई आवागमनमा सहजता प्रदान हुनुका साथै कृषिजन्य उत्पादनहरूको बजारीकरणमासमेत उल्लेखनीय योगदान गर्नेछ । नगर प्रमुख धनराज आचार्यले निर्माण कम्पनीहरूलाई तोकिएको समयभित्र नै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस