समाचार

बन्यजन्तुको सिंङ सहित १ युक्रेनी नागरिक पक्राउ

पोखरा , ११ मंसिर।

संरक्षित वन्यजन्तु घोरलको जस्तो देखिने सिंगसहित प्रहरीले युक्रेनी नागरिकलाई मंगलबार पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको छ ।

कास्की प्रहरीका अनुसार दिउँसो २ बजेको समयमा विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्सरे मेसिनमा युक्रेनका नागरिक २१ वर्षीय पिलीप जिल्को स्क्वाई (पासपोर्ट नम्बर एफ एम ८०८३१८) को निलो झोला चेकजाँच गर्ने क्रममा उक्त सिंग भेटिएको थियो । घोरलको जस्तो देखिने दुई चुच्चो परेको जोडिएको सिंङ फेला परेको विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी मार्फत जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार बाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले उक्त सिंङ सहित निज विदेशी नागरिकलाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । उनलाई आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को केन्द्रीय कार्यालय पोखरामा कार्यालयमा पठाईएको प्रहरीले जनाएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस