खेलकुद

राष्ट्रिय माविमा आयोजित अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवलको उपाधी छात्र तर्फ गुरुकुल र छात्रातर्फ करुणानीधिलाई

पोखरा , ११ मंसिर।

पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगितामा छात्र तर्फको उपाधी गुरुकुल विद्या सदन र छात्रा तर्फको उपाधी करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माध्यामिक विद्यालयले हात पारेको छ ।

प्रतियोगितामा छात्र तर्फको फाइनल खेलमा गुरुकुल विद्या सदनले माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । उपाधी संगै गुरुकुलले नगद ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भयो । प्रतियोगितामा गुरुकुलकै खेलाडी अरबिन्द सुनार उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार र मेडल प्राप्त गरे । दोश्रो स्थान संगै माउण्ट अन्नपूर्णले नगद ३० हजार, ट्रफी र मेडल प्राप्त गरेभने तेस्रो स्थान हाँसिल गर्दै न्यू ग्यालेक्सीले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।

त्यसैगरी छात्रा तर्फ करुणानीधि एजुुकेशन फाउण्डेशन (केफ)ले शान्ता माबिलाई ३–१ सेटमा पराजित गर्दै उपाधी हात पार्न सफल भयो । उपाधी बिजेता केफले नगद ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भयो । प्रतियोगितामा केफकी खेलाडी धनकुमारी बिक उत्कृष्ट खेलाडी बन्दै नगद ५ हजार र मेडल प्राप्त गरिन ।

उपबिजेता बनेको शान्ता माबिले नगद ३० हजार, ट्रफी र मेडलमा चित्त बुझाउन प¥यो । प्रतियोगितामा तेश्रो स्थान हात पार्न सफल पश्चिमाञ्चल माबिले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरे । हीरक महोत्सवको अवसरमा आयोजना गरेको भलिवल प्रतियोगितामा छात्र तर्फ २६ टीम छात्र र १३ टीमको सहभागीता रहेको थियो ।हीरक महोत्सवकै अवसरमा आयोजना गरिएको छेलो प्रतियोगितामा छात्र तर्फ त्रिभुवन शान्ति माविका लक्सन पुर्जा पुन प्रथम, भद्रकाली माबिका शंकर बिक दोश्रो र गुरुकुल विद्या सदनका मनोज सिर्पाली तृतीय भएभने छात्रातर्फ त्रिभुवन शान्ति माविका शशी रानाभाट प्रथम, गौरीशंकर माविका डोल्मा छन्त्याल दोश्रो र राष्ट्रिय माविका सञ्जिता बिक तृतीय भइन । छात्र÷छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका बिजेताहरुलाई प्रमुख अतिथि शिक्षा निर्देशनालयका महानिर्देशक अम्बिका आचार्य, पोखरा महानगरपालिकाका वडा नं १ का अध्यक्ष साहारा प्रधान, विद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष बरुण विक्रम राणा, खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश पौडेल, विद्यालयका प्रध्याना ध्यापक इश्वरी प्रसाद सापकोटा लगायतले पुरस्कार बितरण गरेका थिए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
खेलकुद

प्रचण्डद्वारा पारा ओलम्पिक काँस्य पदक बिजेता पलेशालाई सम्मान

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलोपटक पदक प्राप्त गर्न सफल पलेशा