पोखरा ,१२ मंसिर।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधिहरुले पोखरा रंगशालास्थित पोखरा क्रिकेट खेल मैदानको निरीक्षण भ्रमण गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहित पोखरा आएको आइसिसीको टोलीले सन् २०२७ मा हुने महिला विश्वकपका लागि पोखरा रंशगालाको क्रिकेट खेल मैदान निरीक्षण गरेको हो ।टोलीमा आइसिसीका सिनियर म्यानेजर रोहित पोदार र एसिया रिजनका डेभलप्मेन्ट म्यानेजर मोहमद इमान्युल इस्लाम छन्
आइसिसी टोलीले पोखरा क्रिकेट खेल मैदानमा प्रतियोगिता गराउन तयार रहे पनि विश्वकपका लागि आवश्यक पूर्वाधारका लागि सरकारका तर्फबाट निर्माणको प्रतिवद्धता खोजेको छन् ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले टोली संग भेट गरी महानगरको तर्फबाट गर्नुपर्ने कार्यका लागि आफू तयार रहेको प्रतिवद्धता जाहेर गरेका छन् ।