समाचार

पोखरा को प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा तनहु का शंकर नारायण श्रेष्ठ पक्राउ

पोखरा , १२ मंसिर।

पोखरा महानगरपालिका वडा नं ४ गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. १० का ५६ वर्षीय शंकर नारायण श्रेष्ठ छन् । कास्की प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । उनीसँग कास्की जिल्ला अदालतले ५० लाख धरौटी माग गरेको थियो । सो रकम बुझाउन नसकेपछि कारागार चलान भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । प्राइम सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला सहकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस