अर्थतन्त्र

३९ अंक बढ्यो सेयर बजार , २०० कम्पनीको मूल्य बढ्दा ३८ को घट्यो

काठमाडौँ , १२ मंसिर।

बुधबार सेयर बजारको परिसूचक नेप्से ३९.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि २७५६ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो ।२०० कम्पनीको मूल्य बढ्दा ३८ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्सबाहेक सबै सेक्टरका सूचक बढे ।फाइनान्स समूह ०.४७ प्रतिशत घट्यो । व्यापार समूह सबैभन्दा धेरै ९.२ प्रतिशत बढ्यो । यस समूहमा जम्मा दुई कम्पनी विशाल बजार र साल्ट ट्रेडिङ मात्रै सूचीकृत छन् । आज विशाल बजारको मूल्य १० प्रतिशत बढ्दा समग्र सेक्टरलाई बढी प्रभाव पर्यो ।

विकास बैंक समूह ३.१८ प्रतिशत बढ्यो । बैंकिङ ०.३१, होटल तथा पर्यटन १.४४, हाइड्रोपावर १.६७, लगानी ०.७९, जीवन बीमा २.८१, उत्पादन ०.६३, माइक्रोफाइनान्स ०.९६, निर्जीवन बीमा १.१८ र अन्य समूह ०.५६ प्रतिशत बढे ।९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, कर्णाली विकास बैंक, सिन्धु विकास बैंक, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र सुपर मादी हाइड्रोपावर मूल्य १० प्रतिशत बढ्यो ।

मिथिला लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ६.७७, थ्रीस्टार हाइड्रोपावरको ६.५२, जानाकी फाइनान्सको ३ प्रतिशत मूल्य घट्यो ।कारोबार रकमका आधारमा जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, नेपाल फाइनान्स, सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

अर्थतन्त्र समाचार

प्रतिकिलो ५० रुपैयाँमा स्याउ बेच्दै कालिकोटका किसान

[ad_1] ३० साउन, मान्म । कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो
अर्थतन्त्र समाचार

३४ अंक बढ्यो सेयर बजार

[ad_1] ३० साउन, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९५७