समाचार

आध्यात्मिक पर्यटन प्रवद्र्धन गर्न पोखरामा ध्यानयोग महाशिविर

पोखरा, १३ मंसिर।

नेपालको आध्यात्मिक सम्भावना विश्वव्यापी रुपमा प्रवद्र्धन गर्न पोखरामा ध्यानयोग महाशिविर गर्न लागिएको छ । महर्षि श्रीशिव कृपानन्द स्वामीजी सहभागितामा जीवन रुपान्तरणका लागि आउने मंसिर १५ गते पोखरा रंगशालामा शिविर गर्न लागेको हिमालय समर्पण ध्यानयोग नेपालले जनाएको छ ।नेपाल भ्रमण वर्ष २०२० का सद्भावना दूतसमेत रहेका कृपानन्द स्वामीजीले नेपालबाट ध्यानयोग सिकेर विश्वव्यापी रुपमा प्रचारप्रसार गरेको जानकारी दिए । उनले ४५ वर्षअघि नेपालको पशुपतिनाथदेखि रसुवासम्मको आध्यात्मिक यात्रा गरेको स्मरण गरे ।

‘नेपालबाट सुरु भएको ध्यान संस्कार अहिले विश्वभरका ७२ देशमा फैलिएको छ,’ उनले भने, ‘धेरैभन्दा धेरै नेपालीले ध्यान सिकून् र ज्ञान प्राप्त गरुन् भनेर बारम्बार प्रयास गरेको छु ।’ उनले नेपालबाट सिकेको ध्यान योग विश्वव्यापी रुपमा प्रचारप्रसार भए पनि नेपाल बत्तिमुनिको अध्यारो भएको टिप्पणी गरे ।उनले ३० वर्ष पहिले नेपालमा प्राप्त ज्ञान सकेसम्म प्रचारप्रसार गरेको जानकारी दिँदै सद्भावना दूत कोभिड १९ का कारण प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनले बेलायत, भारत, जर्मनी, सिंगापुर, श्रीलंका, नेपालका सांसदहरुलाई ध्यान योग सिकाएको सुनाए ।

पोखराका मेयर धनराज आचार्यले कृपानन्द स्वामीजीको सहभागितामा हुन लागेको ध्यानयोग शिविर पोखरेलीका लागि दुर्लभ र अनुपम अवसर भएको प्रतिक्रिया दिए । कृपानन्द स्वामीजी ४ पटक नेपाल आएको जानकारी दिँदै उनले स्वामीजीको सहभागितामा पहिलो पल्ट पोखरामा गर्ने कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउने बताए ।भारतको नागपुरमा २ लाखको सहभागितामा भएको ध्यान शिविरमा सहभागी भएका मेयर आचार्यले पोखरामा समेत शिविर गर्ने प्रस्ताव राखेको उल्लेख गरे । पोखरामा गर्ने हिमालय ध्यान योग शिविरको अघिल्लो दिन गण्डकी प्रदेश सभासँगको सहकार्यमा ध्यान योग कार्यक्रम गर्ने तय छ ।

हिमालय समर्पण ध्यानयोग नेपालले गत मंसिर ७ गते काठमाडौं हलचोकमा र मंसिर ९ गते महेश सन्यास आश्रम देवघाटमा ध्यानयोग गरेको छ । नेपालमा विश्व स्तरको ध्यानयोग बनाउनुपर्ने र त्यसका लागि पोखरा आसपासमा जग्गा व्यवस्थापन गर्नुपर्ने संस्थाले प्रस्ताव गरेको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस