समाचार

किएभका ‘निर्णय लिइने ठाउँहरू’ लक्षित गरेर नयाँ क्षेप्यास्त्र प्रहार गर्ने पुटिनको धम्की

काठमाडौं, १४ मंसिर।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको ऊर्जा केन्द्रमा रातभरि भएका क्षेप्यास्त्र र ड्रोन हमला युक्रेनले अमेरिका र युकेका लामो दूरीका अस्त्रहरू रुसमा प्रयोग गरेकोप्रति रुसले जनाएको प्रतिक्रिया भएको बताएका छन् ।
उनले किएभका ‘निर्णय लिइने केन्द्रहरूमा’ लक्षित गरी रुसले नयाँ बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गर्ने धम्की पनि दिएका छन् । बीबीसीकी सारा रेन्स्फोर्डले उनले लामो दूरीका पश्चिमा अस्त्र प्रयोग भएको प्रतिक्रियास्वरूप प्रयोग गर्ने भनेर गरिएका दाबीहरू जानाजान गलत अर्थ दिने खालका भएको बताएकी छन् ।
युक्रेनका ऊर्जा पूर्वाधारहरूमा ठूलो रुसी आक्रमण भएपछि त्यहाँका लाखौँ मानिसहरू विद्युत्विहीन भएका छन् । युक्रेनको वायुसेनाले बमबारीमा झन्डै एक सय वटा ड्रोन र ९० भन्दा बढी क्षेप्यास्त्र प्रयोग भएको जनाएको छ ।
जाडो नजिकिँदै गर्दा मस्कोले ऊर्जा केन्द्रहरूमा आक्रमण गर्न अस्त्रहरू सङ्ग्रह गरिराखेको भन्दै युक्रेनलाई सतर्क पारिएको छ । निसाना बनाइएका धेरैजसो स्थानहरू देशको पश्चिममा अवस्थित छन् । पछिल्ला विवरणहरूका अनुसार प्रभावित भएका धेरैजसो ठाउँहरू इन्धन तथा ऊर्जा पूर्वाधारसँग सम्बन्धित छन् ।

आक्रमणको निन्दा
बाह्रवटा स्थानमा रातभरि गरिएका हमलापछि १० लाखभन्दा धेरै युक्रेनीहरू विद्युत्विहीन भएका हुन् । तस्बिरहरूमा घरहरूमा व्यापक क्षति पुगेको देखिए पनि अधिकारीहरूले घटनामा कोही हताहत नभएको जनाएका छन् ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै रुसले केही स्थानमा क्लस्टर अस्त्र प्रयोग गरेकाले विद्युत्‌ प्रवाह पुनः सुरु गर्न तथा आकस्मिक सेवा सञ्चालनमा कठिनाइ उत्पन्न भएको बताएका छन् ।
उनले पछिल्ला आक्रमणहरूले युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणालीको खाँचो रहेको प्रमाणित गर्नेमा जोड दिए । युक्रेनमा रहेका बीबीसी संवाददाता पल एडम्सका अनुसार यो महिना देशको ऊर्जा प्रणालीमा भएको यो दोस्रो आक्रमण हो ।
–बीबीसी

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस