समाचार

जेब्राक्रसमा ट्रकको ठक्करले गिभिनाकी आमाको मृत्यु, बिछिप्त भाइले गरे आत्महत्या

पोखरा ,१५ मंसिर।

पोखरामा आमाको मृत्युपछि छोराले आत्महत्या गरेका छन् । मृत्यु हुने चर्चित सामाजिक अभियन्ता गिभिना मगरकी आमा हुन् । आमा धनकुमारी बुढाको शुक्रबार ट्रकको ठक्करबाट मृत्यु भएको थियो । आमाको मृत्युबाट बिछिप्त भएका छोरा २६ वर्षीय रामकुमार बुढाले आत्महत्या गरेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले बुढाको मृत्यु भएको पुष्टि गरे ।प्रहरीलाई बिहान मात्र खबर भयो । त्यहाँ पुग्दा उहाँ घरमै झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो,’ प्रवक्ता शर्माले भने । आमाको मृत्युको खबर सुनेपछि बिछिप्त भएका २६ वर्षीय बढा राति १२ बजे झुण्डिएको अवस्थामा फेला परेको पोखरा महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सनाले जानकारी दिए ।


महानगरका प्रवक्ता समेत रहेका तिमिल्सिनाका अनुसार उनी आफ्नै घरभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीयका अनुसार राति उनलाई फोन गर्दा फोन नउठेपछि खोजी भएको थियो । कोठामा पुगेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । मोबाइल भुण्डिएकै तल भूँइमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।शुक्रबार राति नै पोखरा महानगरपालिका वडा नम्बर २५ याम्दी नजिकै ७ बजेको समयमा जेब्रा काट्ने समयमा आमा धनकुमारी बुढाको मृत्यु भएको थियो । ५५ वर्षीया बुढालाई घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् । घाइते उनलाई स्थानीयले मणिपाल शिक्षण अस्पताल पुयाएका थिए । उपचारकै क्रममा बढाको राति ९ बजेतिर मृत्यु भए थियो । घाइते बुढाको टाउकोमा गम्भीर चोट लागेको डाक्टरले बताए ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस