समाचार

युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड आवासिय छात्रावासको सिलान्यास

पोखरा, १० मंसिर। शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार सिलान्यास गरिएको हो । पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासिय […]

समाचार

जोण्टा क्लव अफ पोखराको आयोजनामा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा , १० मंसिर। विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान थालनि गरेको जोण्टा क्लव अफ पोखराले सोमबार अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सैनिक आवसिय विद्यालयका एरिका केसी प्रथम, पश्चिमाञ्चल सेकेण्डरी स्कुलका रुक्साना पुनले द्वितिय, कालिका सेकेण्डरी रोश्मी मगरले तृतीय तथा समता निकेतनका सुमन गैह्रेले सान्त्वना स्थान […]

समाचार

लान्द्रुकमा हनी हन्टिङ महोत्सव

पोखरा, १० मंसिर। कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा भिरमौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सव तयारी थालिएको छ ।अन्नपूर्ण गाउँपालिका ७ स्थित लान्द्रुकमा यही २२–२४ मंसिर सम्म हुने उक्त महोत्सवमा हनी हन्टिङको ऐतिहासिक एवं सांस्कृतिक महोत्सवबारे जानकारी एवं हनी हन्टिङ अभ्यासबारे विचार विमर्शसमेत गरिने छ । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समिति अध्यक्ष सुरेश […]

राजनीति

प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै

काठमाडौँ , १० मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्ने भएका छन् ।ओलीले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ ।प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने […]

समाचार

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन   

काठमाडौं, १० मंसिर। निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो ।         आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य […]

समाचार

बजेट आएको ४ महिना बितिसक्दा गण्डकी प्रदेश सरकारको बजेट खर्च ११ दशमलव १ प्रतिशत मात्र

पोखरा ,९ मंसिर । असारे विकासका शृंखला नेपालमा बर्सेनि दोहोरिन्छन् । प्रदेश सरकारले गत वर्ष ६६ दशमलव ५९ प्रतिशत बजेट खर्च गर्‍यो । जसमा प्रदेश लेखा नियन्त्रक कार्यालयले धेरै रकम असार महिनामा मात्र निकासा गरेको थियो ।प्रदेश सरकारले गत वर्ष एकै दिन अर्बभन्दा बढी रकम निकासा गरेको थियो । कार्यालयको तथ्यांक अनुुसार गत आर्थिक वर्षको […]

समाचार

तालचोक-बेगनास बाटोको गति सुस्त, निर्माण कम्पनीहरूलाई तोकिएको समयभित्र नै काम सम्पन्न गर्न नगर प्रमुख धनराज आचार्य को निर्देशन

पोखरा, ९ मंसिर। तालचोक-बेगनास सडकखण्ड विस्तारको काममा भइरहेको छ । विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त सडकको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको छ । विश्व बैंकका टास्क टिम लिडर अवेबाओ सम्मीलित टोलीले स्थलगत अवलोकन गरेको हो । टोलीले तालचोक-बेगनास सडक खण्ड, कालिकास्थान-पुँडीटार-लामेआहाल सडक र शिशुवा सिसाघाट सडकको समेत अवलोकन गरेको छ […]

समाचार

राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय छात्रछात्रा भलिवल प्रतियोगिता सुरु

पोखरा , ८ मंसिर। पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ ।प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन […]

समाचार

कोटीहोमको तयारी अन्तिम चरणमा,कथा वाचनका लागि १५ जना भन्दा बढी धर्मगुरु सहभागी हुने

पोखरा, ८ मंसिर । पोखरा महानगरपालिका वडा नं १५ ढुङ्गेसाँघु पट्नेरीस्थित अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटीहोम हुँदैछ । यही मंसिर १७ देखि २७ गतेसम्म सञ्चालन हुने कोटीहोमको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्लागण्डकी (सेती नदी) को तटमा हुने कोटीहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरिएको छ । साथै मन्दिरमा […]

समाचार

चिकित्सकमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः मुख्यमन्त्री पाण्डे

पोखरा, ८ मंसिर। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सकहरूमाथि हुने कुनैपनि प्रकारको दुर्व्यवहार सैह्य नहुने बताएका छन् । ‘द सोसाईटी अफ सर्जनस् नेपाल र साउथ एसियन सर्जिकल केयर सोसाइटी’को सहकार्यमा पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् । मुख्यमन्त्री पाण्डेले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरूमाथि दुर्व्यवहारका घटना भएको दृष्टान्त पेस गर्दै […]