समाचार

प्रेस चौतारी बागलुङले मनायो स्थापना दिवस

बागलुङ,१६ मंसिर।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रमको सुरुवात र बिभिन्न कोषहरुको घोषणा गरेर २० औं स्थापना दिवस मनाएको छ । आइतबार जिल्ला शाखाको २० औं स्थापना दिवसको अबसर पारेर कार्यक्रमको सुरुवात तथा कोष स्थापनाको घोषणा गरिएको हो ।
प्रेस चौतारी नेपालको स्थापना दिवसका अबसरमा गतवर्ष आयोजना गरिएको प्रेस चौतारी कपको विजेता विद्यालय चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलबाट अभियानको सुरुवात गरिएको हो । आइतबार बिहान आयोजना गरिएको कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसीले राजनीति लगायतका विकास निर्माणका हरेक क्षेत्रमा युवाको आवश्यकता औंल्याए । उनले नयाँ पुस्ताले नयाँ हिसाबले सुरुवात नगरेसम्म देशमा नेतृत्व परिवर्तन र विकास सम्भव नरहेको बताए ।कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान सचिव रामकृष्ण शर्मा, केन्द्रिय सदस्य तारानाथ आचार्य, विद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठ र पत्रकार महासंघ बागलुङ शाखाका सचिव बिजय रानाले बोलेका थिए । आइतबारबाटै सुरुवात भएको ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रमको केन्द्रिय सदस्य तारानाथ आचार्यले सहजीकरण गरेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष सिर्जना पन्तको अध्यक्षता, सचिव अर्जुन कार्कीको सञ्चालन र उपाध्यक्ष सुवास गौतमको समापनमा सम्पन्न भएको थियो । ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रममा विद्यार्थीहरुलाई पत्रकारिता, उद्घोषण तथा भाषणकला, मनोपरामर्श र योगको तालिम दिइने अध्यक्ष पन्तले बताईन् ।विद्यार्थीहरुलाई पत्रकारिताको बारेमा जानकारी गराउनुका साथै आधारभूत पत्रकारिता र उद्घोषणा तालिम संचालन गर्न ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम गर्न लागिएको सचिव अर्जुन कार्कीले बताए ।
यस्तै स्थापना दिवसको अवसरमा चौतारीले पत्रकार सम्मेलन गरेर दुई कोषको घोषणा गरेको छ । गत वर्ष आयोजित प्रेस चौतारी कप फुटबल प्रतियोगिताबाट बचत भएको रकमबाट ‘प्रेस चौतारी संस्थागत बिकास कोष’ र ‘प्रेस चौतारी कप कोष’को घोषणा गरिएको हो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस