काठमाडौँ ,१९ मंसिर।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालले झापाको दमकमा खेलकुद रंगशाला र डडेलधुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिय।
१२ बुँदामा दुवै पक्षबाट वक्तव्य जारी गरिएको थियो।पाँचौं नम्बर को बुदामा झापाको दमकमा खेलकुद रंगशाला र डडेलधुराको अमरगढीमा सिटी हल कम्प्लेक्स निर्माण गर्न र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विकास कार्यमा तीव्रता दिन चिन सरकार सग आग्रह गरेको हो। नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई सम्झौतामा हस्ताक्षर भने भएको छैन ।केरुङ / काठमाडौं सीमापार रेलवेको सम्भाव्यता अध्ययनलाई जारी राख्ने, चीन/नेपाल रेलवे सहयोगसम्बन्धी नवौं कार्य बैठक आयोजना गर्ने र चिनियाँ पक्षले नेपाललाई रेलवे क्षेत्रका प्राविधिक जनशक्तिलाई तालिम दिन सहयोग गर्ने विषय पनि उल्लेख छ ।दुवै पक्षले हवाई कम्पनीहरूलाई पोखरा र लुम्बिनी जस्ता नेपाली सहरहरू तथा चिनियाँ सहरहरूमा उडान सेवा सञ्चालन गर्न प्रोत्साहन गर्ने सहमति जनाएका छन् । यसले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध र दुईतर्फी यात्रालाई सहज बनाउने विश्वास छ ।
दुवै पक्ष चीन/नेपाल ऊर्जा संयुक्त कार्यान्वयन संयन्त्रको प्लेटफर्मको उपयोगलाई निरन्तरता दिने, ऊर्जा क्षेत्रमा सहकार्यलाई गहिराइमा लैजाने र नयाँ ऊर्जामा पनि आदान/प्रदानको सम्भावनाहरू खोजी गर्ने सहमत गरेका छन्। केरुङ/रसुवागढी/चिलिमे २२० केभी सीमापार विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययनलाई तीव्रता दिने सहमति पनि भएको छ।दुई देशका दूरसञ्चार सेवा प्रदायकबीचको सहकार्यलाई निरन्तरता दिने र सीमापार भूमिगत केबलहरूको मर्मत तथा विस्तार परियोजनाहरू सञ्चालन गर्ने सहमति पनि भएको छ ।