स्वास्थ्य

सामाजिक सञ्जालमा नकारात्मक सामग्री हेर्दा मानसिक स्वास्थ्यमा पार्ने असर

कास्की ,१९ मंसिर।

सामाजिक सञ्जाल नकारात्मक सामग्रीले भरिएको छ, जसले हाम्रो मस्तिष्कको कार्य क्षमतालाई प्रत्यक्ष असर गर्छ । अझ निराश र रिसाहा प्रवृत्ति भएका व्यक्तिलाई यस्तो सामाग्रीले झन् धेरै असर गर्छ । कोही व्यक्तिले कुनै नकारात्मक सामग्री आफ्नो व्यक्तिगत जीवनसँग मेल खाएको जस्तो अनुभव गर्छ भने उनीहरूलाई त्यसले भावनात्मक रुपमा झन् धेरै असर गर्न सक्छ ।
सामाजिक सञ्जाल सत्य र गलत जानकारीको भण्डार हो । यस्तो अवस्थामा मस्तिष्कमा धेरै प्रकारका सूचनाहरू भण्डार हुन्छन्, जसमध्ये अधिकांश नकारात्मक र काम नलाग्ने हुन्छ । यसले मस्तिष्कको रचनात्मक भागलाई कब्जा गर्छ र यसलाई निष्क्रिय बनाउँछ । जसले गर्दा मानिसको ध्यान कम हुन्छ । हरेक समय सामाजिक सञ्जालमा हेरिएको सामग्रीले कुनै एक कुराको बारेमा शान्त भएर सोच्ने क्षमता घटाउँछ र दिमाग सधैं अव्यवस्थित रहन्छ ।सामाजिक सञ्जालकै कारण राति अबेरसम्म फोन चलाउने बानी धेरैको छ । कहिलेकाहीं घण्टौंसम्म रिल्स लगायत अन्य सामग्री हेर्दा निद्रामा बाधा पुग्छ । यसले अनिद्रा सम्बन्धी विकारहरू निम्तिन्छ र यसले विभिन्न मानसिक स्वास्थ्य सम्बन्धी समस्या पनि निम्त्याउँछ ।

सामाजिक सञ्जालको बढ्दो लत र लगातार त्यहाँ भएका नकारात्मक सामग्रीले डिप्रेसन र एन्जाइटीक को समस्या निम्त्याउँछ । भर्चुअल संसारमा बसेर मानिस समाज विरोधी बन्दै जान्छ, जसले मानसिक स्वास्थ्य बिग्रिन्छ । सामाजिक सञ्जालमा हुने नकारात्मक सामग्रीले बालबालिकामा झन् धेरै असर गर्छ । सामाजिक सञ्जालमा यदि धुम्रपान वा मद्यपान गरेको फोटो, भिडियो उनीहरूले देखे भने त्यो सिक्न सक्छन् । सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने बालबालिकामा व्यवहार परिवर्तन, इन्द्रिय अङ्गले ग्रहण गर्नेभन्दा बढी भाव र व्यवहारको समस्या (सेन्सरी ओभरलोड), ध्यान केन्द्रित हुन नसक्ने समस्या, तनाव एवं कुण्ठाजस्ता गम्भीर भावनात्मक एवं संज्ञानात्मक समस्या निम्ताउँछ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

स्वास्थ्य

सशस्त्र प्रहरीको अगुवाईमा बृहत डेंगु नियन्त्रण अभियान सुरुवात

७ भदौ ,पोखरा। पोखरा महानगरपालिकाको वडा नं.८ र ५ मा डेंगुले महामारीको रुप लिने अवस्था आएपछी मालेपाटन स्थित सशस्त्र प्रहरी
स्वास्थ्य

बाँकेमा झाडापखालाबाट ४ जनाको मृत्यु

१८ भदौ, बाँके । बाँकेको नरैनापुरमा झाडापखालाका कारण ४ जनाको मृत्यु भएको छ ।नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको