समाचार

सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका पूर्वडीआइजी छविलाल जोशी अस्पताल भर्ना

पोखरा,२८ मङ्सिर ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका पूर्वडीआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहीबार साँझदेखि गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य जाँचका लागि अस्पताल लगिएकामा चिकित्सकले अस्पताल भर्ना गर्नुपर्ने सुझाव दिएपछि जोशीलाई भर्ना गरिएको हो ।

जोशी असोज ६ देखि कास्की प्रहरी हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

जोशीमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम, सहारा चितवन, वीरगञ्जको सोनोपाइला, काठमाडौं स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान भइरहेको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
अन्तरवार्ता भिडियो समाचार

साइप्रसबाट ‘डंकी रुट’ हुँदै स्पेन छिरेकी नेपाली युवती

[ad_1] ३० साउन, बार्सिलोना। काठमाडौंमा एउटा मेनपावर कम्पनीमार्फत् २०८० बैशाखमा स्याङ्जा मूल घर भएकी ३० वर्षीया अञ्जु (परिवर्तित नाम) साइप्रस