खेलकुद

पोखरा १० गते देखि थाई–बक्सिङ हुँदै


पोखरा,१ पुष ।

व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको कन्टेन्डर सिरिज–२’थाई–बक्सिङ  यहि पौष १० गते देखि पोखरामा सुरू हुने भएको छ। शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गते देखि १२ गते सम्म हुनेभएको हो । खेलकुद मार्फत व्यवसायिक खेलकुदको विकास संगै खेल पर्यटन प्रवद्र्धनका लागि आयोजित प्रतियोगिता पोखराको मुख्य आकर्षणको केन्द्र लेकसाइड स्थित बाराही घाट खेल मैदानमा हुनेछ । प्रतियोगितामा विभिन्न ५ प्रदेशका ८४ जना फाइटरहरुको सहभागिता हुने भएको आयोजक तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले जनाएका छन् ।

प्रतियोगितामा कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका महिला र पुरुष गरी कुल ८४ जना खेलाडीहरु पोखरा आउने तयारीमा जुटिसकेको संयोजक क्षेत्रीले बताए । उनका अनुसार प्रतियोगितामा जुनियर÷सिनियर (एमेच्योर ÷प्रोफेशनल तर्फ कुल ४२ फाइट तय गरिएको छ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको पुरुष प्रोफेशनलतर्फ मुख्य फाइटको बिजेताले नगद ५० हजार र उपविजेताले नगद रु २० हजार तथा महिलातर्फको बिजेताले नगद रु ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै विभिन्न महिला र पुरुषतर्फ ८/८ फाइटका बिजेताले नगद रु १५ हजार र उपविजेताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् भने पुरुषतर्फ कोमेन इभेन्टका बिजेताले नगद रु २५ र उपबिजेताले १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ । यसै गरी पोखरा भन्दा बाहिरबाट आउने खेलाडीहरुलाई विशेष आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिने संगै
आवाशको सुविधा समेत दिइने आयोजकले जनाएको छ भने तीन जना इर्मजिब खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ ।

खेलस्थल बाराही घाटमा तय भएको प्रतियोगिता स्थलमा खेल संगै विभिन्न फुड स्टलहरु, फन गेम्स, निशुल्क फेस पेन्टिबको सुविधा समेत रहने छ । नेपाल राष्ट्रिय मुवाँथाई संघ र गण्डकी प्रदेश मुवाँथाई संघको स्विकृती एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन चर्चित होस्ट रेमनदाश श्रेष्ठ र यकिन गुरुबले गर्नेछन् । प्रतियोगिता बिहान ११ बजेबाट सुरू भई राती ९ बजे सम्म हुने गरी तय भएको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

खेलकुद समाचार

विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

[ad_1] ३० साउन, काठमाडौं । दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई
खेलकुद

प्रचण्डद्वारा पारा ओलम्पिक काँस्य पदक बिजेता पलेशालाई सम्मान

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलोपटक पदक प्राप्त गर्न सफल पलेशा