पोखरा ,७ पुस।
पोखरा महानगरपालिका वडा न ४ ले बिगतका बर्षहरुमाझैँ यो बर्ष पनि य:मरि महोत्सव तथा सास्कृतिक कार्यक्रम आयोजना गर्ने भयको छ। पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको पोखरामा आइतबार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिइएको हो । महोत्सव यहि पुस १३ गते वडा न ४ को गणेशटोलमा हुनेछ।
वडा न ४ ले सस्कृति संरक्षण कार्यक्रम अन्तर्गत नेवा सस्कृतिको पहिचानलाई जगेर्ना गर्दै बिभिन्न संघ सस्था र सरकारी निकायहरुलाई साझेदारी गर्दै महिला सशक्तिकरण महिला उधमशिलता संग आन्तरिक पर्यटन संरक्षण संग जोड्दै पोखरालाई चिनाउने विभिन्न कला सांस्कृतिक सम्पदाहरु रहेको पुरानो बजार गणेश टोल, रामकृष्ण टोललाई संरक्षण र प्रवद्र्धन गर्नका लागि महोत्सवको आयोजना गरिएको पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
नेवाःखल कास्कीका अध्यक्ष असोक पालिखेले यःमरी महोत्सव सबैको साझा महोत्सवको रुपमा रहेको र यसको व्यापक प्रचारप्रशारले अगामी दिनमा पोखरा सडक महोत्सवकै स्थान लिने सक्ने समेत बिस्वास प्रकट गरे ।
नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्रीसहित सांस्कृतिक कार्यक्रम गरिने साथै महोत्सवमा यःमरीसहित नेपाली पिज्जा, बारा, सेलरोटी, समयबजीलगायतका परिकारहरुको स्टल रहने जानकारी दीईन।३२ वटा मिस पुचःले प्रतियोगितामा सहभागिता जनाउने छन्
मौलिक लाखे नाच, कुमारी नाच लगायत अन्य सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुत गरिनेछ ।पोखरा–४ को कार्यालयबाट महोत्सव अघि झाँकीसहितको र्याली निकालिनेछ ।पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल हुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत हुने छ। महोत्वसमा लोकदोहोरी गायक पशुपति शर्मासहितका कलाकारले विभिन्न प्रस्तुति दिने समेत उक्त अवसरमा जानकारी दिइएको छ ।
वडा अध्यक्ष पराजुलीले सडक, पानी, वत्ती मात्रै विकास नभइकन ‘संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपनि विकास हो भयको बताए । उनले पोखराको रामकृष्णटोलदेखि गणेशटोल, भीमसेनटोल, मोहरिया टोलहुँदै बागबजारसम्मको क्षेत्र नेवारी परम्परा र संस्कृतिको ऐतिहासिक ठाउँ भएकाले यसको संरक्षणका लागिपनि चाँडै योजनाबद्ध ढंगले काम गर्ने तयारी भएको बताए ।