पोखरा ,७ पुस।
पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।
२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने गोरखा सिरानचोक गाउँपालिका–४ घर भएका २० वर्षीय बिक्रम नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई दुई जना व्यक्तिहरूले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये बिक्रमलाई पक्राउ गरेको हो । घटनामा संलग्न एक जना फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।