राजनीति

राष्ट्रिय जनमोर्चाको जैमिनीको कुश्मिसेरामा आमसभा सम्पन

बागलुङ,१२ पुष।

राष्ट्रिय जनमोर्चा बागलुङले संघियता बिरोधी देशव्यापी आन्दोलन कार्यक्रम सफल पार्ने अभियानअन्तर्गत जैमिनी नगरको कुश्मिसेरामा आमसभा सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गदैं राष्ट्रिय जनमोर्चा केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियता लागि संघीयता घातक रहेकाले यसको खारेजी आवश्यक रहेको बताए । उनले नेपाल जस्तो ऋणी मुलुकमा कुनैपनि दृष्टिकोणले संघीयता उपयुक्त नभएकाले यसको खारेजीका लागि आन्दोलनमा होमिनु परेकोमा जोड दिए । नेपाल जस्तो ऋणी मुलुकमा कुनै पनि दृष्टिकोणले संघीयता उपयुक्त नभएकाले यसको खारेजीका लागि जनमोर्चाले काठमाण्डौं केन्द्रित आन्दोलनको शुरुवात गरेको उनले बताए ।

कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्क्ष लक्ष्मी बासकोटा, राष्ट्रिय जनमोर्चाको बागलुङका जिल्ला अध्यक्ष तिलक थापा, जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम राष्ट्रिय जनमोर्चा जैमिनी नगर पालिका अध्यक्ष दिल बहादुर श्रीसको अध्यक्षता, राष्ट्रिय जनमोर्चा नगरपालिका सचीव ठाकुरप्रसाद शर्माको स्वागत र राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला सचीव भिमलाल पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

बाराही संवाददाता

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

राजनीति समाचार

रास्वपाको उपस्थितिलाई नजरअन्दाज नगर्न लामिछानेको चेतावनी

[ad_1] ३० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय सम्बन्धी कानुनको सही कार्यान्वयनका लागि खबरदारी
अन्तरवार्ता भिडियो राजनीति समाचार

उपप्रधानमन्त्री सिंहले काठमाडौंका नदीमा बहाब बढाउन विज्ञसँग गरे छलफल

[ad_1] २९ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती लगायत नदीमा पानीको बहाब वृद्धि